शुक्रबार, साउन २२, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज वैशाख २५ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कम्युनिस्टले मुलुकसँग दैनिक अप्रिल फुल मनाउँदैछन् 

कांग्रेसभित्र थोरै आसलाग्दा नेताको सूचीमा पर्छन् चन्द्र भण्डारी । विद्यार्थी राजनीतिबाट पार्टीमा स्थापित भण्डारी अहिले पार्टीको केन्द्रीय सदस्य छन् । कुनै पनि गुट तथा समूहको बफादार सिपाही हुन नसक्दा पार्टी राजनीतिमा अलि पछि परेका भण्डारीको पार्टीभित्र र बाहिर पनि आफ्नै खालको छवि छ ।

देउवाको प्रश्‍न : ‘अब हामीले विद्यालाई श्री ५ महारानी भन्‍नु त !’  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्थापित परम्परा तोडेर सरकारको नीति कार्यक्रममा मेरो सरकार शब्द प्रयोग गरेको आरोप लगाएका छन्। सो पार्टीको जागरण अभियानको बुधबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

प्रचण्ड भन्छन् : ‘जनतामा उत्साह र भरोसा ल्याउने बजेट आउँछ’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको बजेटले जनतामा उत्साह र भरोस ल्याउने दाबी गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘बाँदरको हातमा नरिवल झैं भएको छ संविधान’ 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले संविधानमा थिचोमिचो गरि मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। नेपाली कांग्रेसले बुधबारदेखि सुरु गरेको जागरण अभियानको जनकपुरमा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले आश्वासन र झुठको पुलिन्दाबाहेक अरु केही गर्न नसकेको सरकार संविधानविपरित हिँडेर दुर्घटना निम्त्याउन खोजेको आरोप लगाए।

'प्रधानमन्त्री ज्यू उखान टुक्का र व्यङ्ग्यले देश चल्दैन'

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश सस्ता उखान टुक्का र व्यङ्ग्यले नचल्ने बताएका छन्। कांग्रेसले बुधबारबाट सुरु गरेको देशव्यापी जनजागरण अभियान अन्तर्गत भक्तपुरको दूधपाटीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै रिजालले प्रधानमन्त्रीलाई प्रहसनको पात्र नबन्न आग्रहसमेत गरे। 

बाटोमै गुज्रियो औषधिको म्याद 

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्या भएको हो। 

तातोपानी नाका जेठभित्रै सञ्चालनमा आउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महिनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा उनले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुबै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए।

संघीयता मास्‍न खोज्दै छ कम्युनिस्ट सरकार : निधि 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संघीयता नचाहेको ठोकुवा गरेका छन्। बुधबार देखि सुरु भएको राष्ट्रिय जागरण अभियानको कैलालीको लम्कीमा उद्घाटन गर्दै निधिले कम्युनिष्टहरु संघीयतावादी हुनै नसक्ने बताए। 

‘चिठी लेखेर नागरिकता बाँड्दैछ सरकार’ 

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेस आचार्यले ओली सरकारले चिठी लेखेर नागरिकता बितरण गरेको बताएका छन। बुधबार दिउँसो दक्षिणी सुनसरीको देवानगन्ज गाउँपालिका २ को बजारमा आयोजित आम सभामा आचार्यले यस्तो बताएका हुन्। 

'ओली सत्ता कब्जा गर्न खोज्दैछन्'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको दुरुपयोग गर्दै सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन्। पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन्। उनले भने,‘सरकार गठन भए यताको ओलीको बोली र व्यवहार हेर्दा सत्ता कब्जा गर्न खोजेको देखिन्छ।’

काठमाडौंमा यस्तो देखियो कांग्रेसको जागरण अभियान (तस्बिर)

सरकारका गलत कृयाकलापको भण्डाफोर गर्ने र पार्टी संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ बुधबार (आज) बाट नेपाली कांग्रेसले जागरण अभियान सुरु गरेको छ। अभियानका क्रममा महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु–सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु तय गरिएका छन्।

आजदेखि कांग्रेसको जागरण अभियान : को नेता कहाँ खटिए ? 

सरकारका गलत कृयाकलापको भण्डाफोर गर्ने र पार्टी संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ बुधबार (आज)बाट नेपाली कांग्रेसले जागरण अभियान सुरु गरेको छ। वैशाख ११ गतेबाट सुरु गर्ने भनिएको जागरण अभियान काग्रेस नेता रामकृष्ण ताम्राकारको निधनका कारण १४ दिन ढिला गरि आजबाट सुरु गरिएको हो ।

'प्रधानमन्त्री ओलीले कसैलाई मान्छे नै गन्न छाडे'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले प्रतिपक्षीलाई पुरै माइनस गर्ने र म जतिको कोही छैन भन्ने दम्भ प्रधानमन्त्री ओलीले देखाएको टिप्पणी गरेका हुन् ।

सर्वसम्मत राजधानी घोषणा हुँदा पनि किन बजेन ताली? (भिडियो) 

विराटनगरलाई केन्द्र मानेर सोमबार साँझ पौने आठ बजे इटहरी र गोठगाँउ क्षेत्रमा राजधानी बनाउने प्रदेशसभाले घोषणा गरेको छ। २०७४ माघ २२  गते पहिलो बैठक बसेको प्रदेशसभाले १५ महिनापछि मात्रै स्थायी राजधानी तोकेको हो।

आन्तरिक प्रतियोगिताका असफल अस्थायी शिक्षकलाई बिदा गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलल आन्तरिक प्रतियोगितामा असफल भएका अस्थायी शिक्षकलाई यसै आर्थिक वर्षको सुविधासहित बिदा गरिने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मन्त्री पोखरेलले अन्य शिक्षकलाई पनि पटकपटक आन्तरिक परीक्षामा सहभागी गराउन नसकिने स्पष्ट पारे। 

ढिलासुस्ती गर्ने ठेकेदारलाई अब कारबाही

सार्वजनिक भौतिक पूर्वाधारको निर्माण गर्न ठेक्का लिएर वर्षौसम्म काम नगर्ने ठेकेदारलाई स्थानीय प्रशासनले धमाधम पक्राउ गर्न थालेको छ। हुलाकी राजमार्गको तिलावे नदीमा पुल निर्माणको काम ठेक्का लिएकोमा सम्झौता अवधि नाघिसक्दासमेत विभिन्न बहानाबाजी गरेर आलटाल गरिरहेको पप्पु कन्स्ट्रक्सनका इन्जिनियर सन्तोष साह र चौरसिया निर्माण सेवाका संचालक धिरज चौरसियालाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको हो।

चीनसँगको प्रोटोकल कार्यान्वयनको प्रयास थालियो 

सरकारले चीनसँग हालै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वय प्रयास थालिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वय गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताए । 

बन्ला त धनगढी-दिपायल द्रुतमार्ग ?

लामो समय देखि स्वामित्व विवादका कारण अल्झिएको धनगढी-दिपायल द्रुतमार्ग निर्माणको जिम्मा सडक डिभिजन कार्यालय महेन्द्रनगरले पाएको छ। संघीय सरकारले योजना खोसेको तीन महिना पछि धनगढी–दीपायल फास्ट ट्रयाक निर्माणको जिम्मेवारी सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई दिइएको हो। सडक निर्माणको जिम्मेवारी डिभिजन सडक कार्यालय महेन्द्रनगरले पाएपनि सडक निर्माणका लागि मुख्य वनको विवाद भने किनारा लाग्न सकेको छैन। द्रुत मार्गमा वातावरणीय प्रभाव मुल्याङकन र कटानी आदेश विना नै रुख काटिएको फेला परेपछि वनले १० लाख २ हजार ३ सय बराबरको क्षतीपुर्ती माग गरेको छ।

'ग्रिन क्लीन धनगढी' अभियान सुरु

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बुधवार देखि नगरमा ग्रीन क्लीन अभियान सुरु गरेको छ। उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बुधबार एक कार्यक्रमकाबीच उपमहानगरपालिका–८ को क्याम्पस चोकमा अभियानको उद्घाटन गरे।

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो ।

सोमबार ललितपुरमा सार्वजनिक विदा 

ललितपुर महानगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन बिदा दिने निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमै निस्कियो जमीनमुनिबाट ग्यास 

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताए । 

सर्वोच्चले रोक्यो एनसेलसँग कर उठाउन

सर्वोच्च अदालतले एनसेलसँग कर उठाउन रोकिदिएको छ । सर्वोच्चको पूर्ण इजलासले गरेको फैसलाबिपरित सर्वोच्च अदालतले मंगलबार मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म कर असुली प्रक्रिया अघि नबढाउन आदेश दिएको हो ।

विश्वविद्यालय एक महीनादेखि ठप्प

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । 

अध्ययन भन्छ - सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन्

महिलालाई गर्भवती भएका बेला वा गर्भवती हुनुभन्दा अगाडि स्वास्थ्यमा अत्यन्तै ख्याल गर्न आवश्यक पर्ने भन्दै सधैँ सल्लाह दिइन्छ। तर एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ।  

किन 'नेगेटीभ' हुन्छ हाम्रो दिमाग?

दैनिक जीवनमा हामीले कहिले प्रशंसा पाउँछौँ त कहिले आलोचना। तर, हाम्रो दिमागमा प्रशंसा भन्दा पनि आलोचना अर्थात नकरात्मक कुराले बढी स्थान पाइरहेको हुन्छ। हाम्रो दिमागमा सकरात्मकता भन्दा पनि बढी नकारात्मकताले ठाउँ लिएको हुन्छ। यसको प्रमुख कारण हाम्रो दिमागले टिप्पणी गर्ने नकारात्मक विषयप्रतिको बढी फोकस हो। 

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट, ८ जनाको मृत्यु

पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै दर्जनौं  घाइते भएका छन्। 

किन एक्कासी इराक पुगे अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ म‌ंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन्। इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुगेका हुन्।

आयाक्सलाई सहज, टोटनहाम आत्मविश्वसी

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको दोस्रो लेगमा बुधबार राति आयाक्स र टोटनहाम भिड्दै छन् । खेल आयाक्सको घरेलु मैदानमा अमिस्टेर्डम अरिनामा नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुँदै छ । टोटनहामकै घरेलु मैदानमा भएको पहिलो लेगमा विजयी भएको आयाक्सलई भने केही सहज छ । पलिहो लेगमा १-० ले विजयी भएको आयाक्सलाई आफ्नो घरेलु मैदानमा भएको दोस्रो लेगमा भने पक्कै पनि केही सहज हुने विश्वस लिइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।