काठमाडौं- ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। सबै घाइतेको उद्धार गरेर बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।