बुधबार, जेठ २७, २०८३

अध्ययन भन्छ - सुत्केरीपछि महिलाले स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं - महिलालाई गर्भवती भएका बेला वा गर्भवती हुनुभन्दा अगाडि स्वास्थ्यमा अत्यन्तै ख्याल गर्न आवश्यक पर्ने भन्दै सधैँ सल्लाह दिइन्छ। तर एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ।  

सर्वेक्षणका अनुसार एक चौथाइ महिलाले सुत्केरीपछि आफैले आफैलाई गर्ने हेरचाहमा हेलचक्र्याइँ गरेको पाइएको छ। सर्वेक्षणकर्ताहरुले झण्डै ४० प्रतिशत सुत्केरी महिलाले आफूलाई तनावग्रस्त, पूर्णतया पराजित र बेचैनी महसुस गर्ने गरेको पनि बताएका छन्।  

ओर्लाण्डो हेल्थ विन्नी पाल्मर अस्पतालले गरेको सर्वेक्षणले यस्तो देखाएको अधिकारीहरुले जनाएका छन्। अस्पतालले सार्वजनिक गरेको प्रतिवेदनमा ४५ बर्षभन्दा अगाडि सुत्केरी हुने महिलाले ४५ वर्षभन्दा पछि सुत्केरी हुने महिलामा भन्दा बढी तनाव लिने गरेको उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्