काठमाडौं – सरकारका गलत कृयाकलापको भण्डाफोर गर्ने र पार्टी संगठनलाई गतिशील बनाउने उद्देश्यका साथ बुधबार (आज) बाट नेपाली कांग्रेसले जागरण अभियान सुरु गरेको छ।
अभियानका क्रममा महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु–सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु तय गरिएका छन्।
तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरणको अभियान पुस ७ देखि पुस १६ गतेसम्म चल्नेछ।
काठमाडौंमा आयोजना भइरहेको अभियानलाई सभापति देउवालगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना भइरहेको कार्यक्रमको दृष्य भने यस्तो देखिएको छ :
