बुधबार, साउन २०, २०८३

भीमफेदीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार आज पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो।

दुर्घटनामा राक्सिराङ–९ निवासी ३६ वर्षीय अर्जुन कार्कीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ भने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 05, 2026| 10:19 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्