एजेन्सी- युइएफए च्याम्पियन्स लिग फुटबलमा सेमिफाईनलको दोस्रो लेगको खेलमा आज (मंगलबार) लिभरपुल र बार्सिलोना भिड्दैछन् । पहिलो लेगमा ३-० गोल अन्तरले पछि परको लिभरपुलले दोस्रो लेगमा आफ्नो घरेलु मैदान एनफिल्डमा बार्सिलोनाको सामना गर्दै छ । तर, घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले आफ्ना दुई महत्वपूर्ण स्ट्राईकर गुमाउने भएको छ ।
लिभरपुलले दुई मुख्य स्ट्राईकर रोबर्टो फिर्मिन्हो र मोहमद सलाहालाई चोटका कारण मैदान उत्रार्ने छैन् । त्यसैले पनि लिभरपुलले बार्सिलोनालाई रोक्न निकै गाह्रो पर्ने देखिन्छ । घरेलु मैदानमा बार्सिलोनालाई रोक्न लिभरपुलले निकै चमात्कार गर्नु पर्ने छ । च्याम्पियन्स लिगमा हाल सम्म भएका ६ अविश्वासनिय पुनरागमन यस्ता छन् ।
च्याम्पियनस लिग अन्तर्गत २००४-५ को फाइनल खेलमा इंग्लिस क्लब लिभरपुलले इटालीयन क्लब मिलानमाथि उत्कृष्ट पुनरागमन जित निकालेको थियो । खेलको पहिलो हाफमा नै ३-० गोल अन्तरले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पनरागमन गर्दै खेल ३-३ को बराबरीमा ल्याएको थियो । खेल ३-३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा मिलानलाई ३-२ ले पराजित गर्दै उपाधि लिभरपुलले जितेको थियो ।
२००० को च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना चेल्सीसँग ३-१ ले पछि परेको थियो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा ३-१ ले पछि परेको बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा चेल्सीमाथी ५-१ को उत्कृष्ट पुनरागमन जित निकालेको थियो । जहाँ बार्सिलोना चेल्सीसँग ६-४ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
२००४ मा एसी मिलानले पहिलो लेगमा डिर्पोटिभोविरुद्ध ४-१ को अग्रता बनाएको थियो । तर, डिर्पोटिभोको घरेलु मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै मिलान ४-० ले पराजति भएको थियो । जहाँ डिर्पोटिभो समग्रहमा ५-४ ले विजयी भएको थियो ।
च्याम्पियन्स लिग अन्तर्गत २०१२ मा नेपोली र चेल्सीबीच भएको शीर्ष १६ को पहिलो लेगमा चेल्सीले इटालीयन क्लब नेपोलीलाई ३-१ ले पराजित गरेको थियो । तर, दोस्रो लेगमा चेल्सी नेपोलीसाग ४-० ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बहिरिएको थियो ।
जारी च्याम्पियन्स लिग अन्तर्गत नै म्यानचेस्टर युनाइटेडले पिएसजीमाथी उत्कृष्ट पुनरागमन जित निकालेको थियो । युनाइटेडको घरेलु मैदानमा भएको पहिलो लेगमा पिएसजीले २-० गोल अन्तरले पराजित गरेको थियो । तर, पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ३-१ को पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
च्याम्पियन्स लिग अन्तर्गत २०१८ को क्वाटरफाइन खेलमा रोमाले बार्सिलोनालेविरुद्ध पुनरागमन जित निकालेको थियो । बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा ४-१ ले परािजत भएको रोमाले आफ्नो घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई ३-० ले पछि पार्दै उत्कृष्ट पुनरागमन जित निकालदै सेमिफाइनल प्रवेश गरेको थियो ।
त्यसैले घरेलु मैदानमा लिभरपुललाई उत्कृष्ट पुनरागमन गर्न धेरै भन्दा धेरै होसियार हुन जरुरी छ । जहाँ लिभरपुलले देखाउन सकोस की पहिलो लेगमा नै उक्त प्रदर्शन गर्न सक्थो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४