धनगढी – विवाहका लागि कैलालीको धनगढीबाट कंचनपुरको बेलौरीतर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जीप दुर्घटना हुँदा पत्रकारसहित तीन घाइते भएका छन्।
युपी ३१ पी ७९७५ नम्वरको जीप पुनर्वास नगरपालिका–२ मा दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका ब्यूरो प्रमुख शिवराज भट्ट सहित तीन घाइते भएका छन्। यस्तै पत्रकार भट्टकी श्रीमती दुर्गा भट्ट र अन्य जीपमा सवार घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
जीपमा भट्टका छोराछोरी सवार भए पनि उनीहरु सकुशल छन्। घाइतेको पुनर्वास पोलिक्लिनिकमा सामान्य उपचारपछि धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
पत्रकार भट्टको घाँटी र टाउकोमा चोट लागेको अपतालले जानकारी दिएको छ। उनको श्रीमती दुर्गाको हातमा चोट लागेको छ।
निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकमा खाल्डाखुल्डी र धुलो भएपछि सो क्षेत्रमा दुर्घटना बढ्दै गएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४