बिहीबार, साउन २१, २०८३

वडा कार्यालयमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - डोटीको वडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा अज्ञात समूहले  आगजनी गरेको छ। मान्नाकापडीमा रहेको वडा कार्यालयमा आगजनी भएको हो।
 
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र पसेर सामाग्रीहरू एक ठाउँमा जम्मा गरी आगो लगाइएको वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताए।
 
रातिको समयमा आगजनी भए पनि मंगलबार बिहान मात्र प्रहरीलाई खवर भएपछि इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए। आगो कसले र किन लगायो भन्ने विषयमा भने केही पत्ता लागेको छैन।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।