बिहीबार, साउन २१, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख २१ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

नयाँ शक्ति र फोरमबीच एकता सहमति, नाम समाजवादी पार्टी

 डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शनिबार बिहान बसेको दुबै दलको बैठकले पार्टी एकीकरण गर्नेबारे अन्तिम टुंगो लगाएको हो।

नदी दोहनमा जनप्रतिनिधिकै मिलेमतो

धनुषाको विभित्र खोला र चुरेमा जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा उत्खनन भइरहेको छ। जिल्ला समन्वय समितिले रोक लगाए पनि धनुषामा बालुवा–गिट्टीको उत्खनन रोकिन सेकेको छैन।

मातातीर्थमा आमाको सम्झना (फोटो फिचर)

 वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइएको छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन्।

‘प्रविधिको समय सापेक्ष सदुपयोग गरौं’

प्रदेश २ का प्रदेश प्रमख रत्नेश्वरलाल कायस्थले विज्ञान र प्रविधिको समय सापेक्ष सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। प्रविधिको सही सदुपयोग हुनसके कुशल तथा दक्ष युवा तयार हुने उनको भनाई छ।

फोरम नेताले जनप्रतिनिधि कुटेको आरोप

संघीय समाजवादी फोरमका नेताले धनुषामा एक जनप्रतिनिलाई कुटपिट गरेको आरोप लागेको छ। फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो। हिराला नेकपाबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

क्याम्पसको जग खन्दा लुकाएको थप सुन र चादी भेटियो

अछाममा शनिबार पुनः थप सुन भेटिएको छ। क्याम्पसको जग खन्ने क्रममा भेटिएको सुन लुकाएर राखेका अन्य ३ जनाबाट सुन बरामद गरिएको हो। 

दाइजोको निहुँमा निशाको हत्या भएको माइती पक्षको आरोप

रौतहटको राजदेवीमा मृत अवस्थामा फेला परेकी निशा उपाध्यायको हत्या भएको भन्दै माइती पक्षले छानबिनको माग गरेको छ।

नीति तथा कार्यक्रममा राजपाद्वारा संशोधन प्रस्ताव दर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संशोधन प्रस्ताव दर्ता गराएको छ। नीति तथा कार्यक्रमको पाँचवटा बुँदाप्रति असहमति जनाउँदै राजपाले शनिबार संघीय संसदको सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो।

हिम्मतले बाँचेको जीवन : ‘चटपट बेचेर डायलायसिस’

बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका  यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’। कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन।

हत्यारासँग साँठगाँठ गर्ने डिएसपी ढुंगेल निलम्बित

रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत डीएसपी कुमुद ढुंगेल निलम्बनमा परेका छन्। डकैतीलगायतका विभिन्न आपराधिक समूहसँग साँठगाँठ देखिएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई अनुसन्धानको लागि निलम्बन गरेको हो।

काजीको नेतृत्वमा बेग्लोरमा बेल्ट प्रशिक्षण

नेपाली करातेका प्रशिक्षक के.बि राना (काजी) को नेतृत्वमा भारतीय शहर बेग्लोरमा बेल्ट प्रशिक्षण भइरहेकोछ।

मातृऔंसी : कसरी हेर्ने आमाको मुख

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्न दिन। धेरै नेपालीले आमालाई विशेष रूपमा माया र हेरचाह गरेर यो पर्व मनाइरहेका छन्। आमा नभएकाहरूले बिहानै स्नान गरी आमा सम्झिए भने आमा भएकाहरूले विशेष प्रकारले सम्मान गरिरहेका छन्। यो दिन काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्छ। अचेल सामाजिक सञ्जालमा फोटो राखेर माया प्रकट गर्ने चलन बढेको छ।

गाउँपालिकाको आफ्नै पाठ्यक्रम 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ डडेलधुराको गन्यापधुरा गाउँपालिकाले धार्मिक विषयवस्तु समेटेर स्थानीय पाठ्क्रम निर्माण गर्दै छ। गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापमा सहयोगका लागि सन्दर्भ सामाग्रीहरुमा गाउँपालिका भित्र रहेका धार्मिक शक्तिपिठहरुको परिचय, महत्व, विशेषता समावेस गरेको छ।

हावाहुरी प्रभावितका लागि आवास निर्माण सुरु

गत चैतमा आएको विनाशकारी चक्रवातका कारण विस्थापित परिवारको पुनर्वासको लागी संघीय सरकारले जगरन्नाथपुरका विस्थापितको लागि आवास निर्माण सुरु गरेको छ।

आश्रमका आमाको मुख कसले हेर्ने ?

भक्तपुरकी सूर्यमाया श्रेष्ठ ११ वर्षअघि निःसहाय सेवा सदन आएकी हुन्। उनलाई उमेर याद छैन। उनी भन्छिन्, ‘९० सालको भूकम्पको तीन वर्षपछि म जन्मेकी हुँ।’  

'आमा मेरी आमा'

सानो छँदा
पाइला सार्न खोज्दै
लड्छ भनी 
कोमल औंला समात्दै

ठमेलबाट २० बालबालिकाको उद्धार

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे उद्धार गरेको हो।  

यस्तो रहनेछ आजको मौसम

बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’ आँधीको असर नेपालमा पनि देखिएको छ। फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ। काठमाडौंसहितका केही स्थानमा शुक्रबार आँधीसँगै वर्षा भएपनि शनिबार बिहान भने घाम लागेको छ। तर, जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने बताएको छ।

सरकारको नीति तथा कार्यक्रममा ‘कर्णाली निराश’

सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममा कर्णाली निराश बनेको छ। विकासमा सबैभन्दा पछाडि परेको कर्णालीको विकास निर्माण र गरिबीको अन्त्य गर्ने कार्यक्रमहरु समेट्न नसकेको भन्दै कर्णालीले निराशा व्यक्त गरेको छ।

नीति तथा कार्यक्रममा असन्तुष्ट कांग्रेस...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको अालोचना गरेको छ। कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको भनी टिप्पणी गरेको छ। नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको कांग्रेसको आरोप छ।

आजदेखि सीमा नाका बन्द

भारतमा हुने लोकसभा निर्वाचनका लागि आज (शनिबार) बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ। भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि वैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने भएको हो। 

दाङमा झाडापखाला फैलियो

दाङको शान्तिनगरमा झाडापखाला फैलिएको छ। शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। उनका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन्। 

आमा : संसारकै सबभन्दा महान्

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन्।

दिल्लीसँग पराजित हुँदै राजस्थान बाहिरियो

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्ससँग ५ विकेटले पराजति हुँदै आइपिएलको समूह चाणबाट बाहिरिएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।