बिहीबार, साउन २१, २०८३

लुम्बिनीमा पर्यटक तान्न व्यवसायीको अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - लुम्बिनी भ्रमण सफल बनाउन भैरहवाका होटल व्यवसायी विशेष सक्रिय भएका छन्। सरकारले ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नाराका साथ यस वर्ष लुम्बिनी भ्रमण वर्ष मनाउँदै छ।

होटल व्यवसायी र ट्राभल व्यवसायी र पर्यटनसँग सरोकारा राख्ने सबै पक्ष सक्रिय रहेको सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष विष्णु गौतमले बताए। एसोसिएसनको टोलीले देशैभर सडक प्रदर्शनी गर्ने भएको छ।

आगामी जेठ ४ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा विधिवत् घोषणा हुन लागेको लुम्बिनी भ्रमण वर्ष सफल पार्न पर्यटन क्षेत्रसँग सम्बन्धित टोलीले स्वदेश तथा विदेशमा सडक प्रदर्शन गर्ने तयारी गरेको हो।

होटल एशोसियसनले शुक्रबार बिहान भैरहवामा पत्रकार सम्मेलन गरी सो सम्बन्धमा जानकारी गराएको हो। प्रदेश नं ५ सरकारको लुम्बिनी भ्रमण बर्ष कार्यक्रमलाई सफल पार्न पर्यटन व्यवसायीले प्रदेश सरकारले दिएको जिम्मेवारीअन्तर्गत उक्त कार्यक्रम गर्न थालेको भ्रमण कार्यदलका संयोजक महासचिब रवीन्द्र शर्मा घिमिरेले बताए।  

वैशाख २२ गते भैरहवाबाट सुरु हुने सडक प्रदर्शन बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली र काठमाडौंसम्म पुग्नेछ। यस क्रममा पञ्चेबाजा बजाउँदै बुद्धको प्रतिमा एवं तस्बिर प्रदर्शनी गरिनेछ। ठाउँठाउँमा अन्तरक्रिया कार्यक्रम पनि गरिने सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्