बिहीबार, चैत १२, २०८२

गर्मीमा शरीर कसरी सफा राख्ने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
गर्मी सुरु भइसक्यो। प्रायः मानिसमा पसिना गन्हाउने समस्या हुन्छ। गर्मीमा शरीरबाट पसिना बग्नु सामान्य हो। कतिपयलाई काखी गन्हाउने समस्याले सताउँछ। पसिनाले काखी ओसिलो बनाउँछ। ब्याक्टेरिया बढ्छन्। अनि दुर्गन्ध आउँछ। यसले यात्रा होस् वा कार्यस्थलमा सँगै बस्नेलाई पनि सकस हुन्छ।

सामान्य सावधानी र उपाय अपनाउँदा दुर्गन्ध हटाउन सकिन्छ। दुर्गन्धबाट बच्न शरीरको सफाइ धेरै आवश्यक छ। पसिनासँगै शरीरबाट अनावश्यक प्रोटिन, अमोनिया, अम्ल र नुन बाहिर निस्किन्छ। जसले यस्तो दुर्गन्ध फैलाउँछ।  

सबै व्यक्तिको पसिना गन्हाउँछ भन्ने छैन। काखीमा प्रोटिन र तेलको मात्रा बढी हुन्छ। त्यहाँ ब्याक्टेरिया छिटो हुर्किन्छ। शरीरको जुन भागमा हावाको प्रभाव कम पर्छ त्यँहा दुर्गन्धको अनुभव धेरै हुन्छ। मोटो मानिसमा धेरै पसिना आउनु सामान्य हो। पसिना गन्हाउने समस्या मोटो र पातलो सबैको समस्या हो। 

कसरी पाउने छुटकारा ?

पसिनाको समस्या भएका व्यक्तिले डिटोल साबुन र गुलाब जलले नुहाउनुपर्छ। दिनहुँ नुहाउनुपर्छ। सफा लुगा लगाउनुपर्छ। मोजा दिनहुँ धनुपर्छ। एन्टिफंगल ब्याक्टेरियल पाउडर लगाउँदा पनि दुर्गन्धबाट राहत मिल्छ। 

हामी जे खान्छौं त्यसको असर शरीरमा देखिन्छ। शरीर कसरी सफा गराउने र ताजा महसुस गराउने भन्ने कुरा आफैंमा निर्भर हुन्छ। यसलगायत खानेकुरा सही ढंगमा सेवन गर्न सकियो भने पनि पसिना गन्हाउने समस्याबाट टाढा बस्न सकिन्छ। 

जाँडरक्सी, दूध, कफी, लसुन, प्याज, काउली, चिल्लो धेरै खाने मानिसको पसिना गन्हाउँछ। जाँडरक्सीमा हुने टक्सिकले शरीरबाट आउने पसिना गन्हाउने समस्या बढाउँछ। जाँडरक्सीमा मिथानोल, इथिलिन ग्लाइकोल, प्रोपिलिन र इसिप्रोपिल जस्ता टक्सिक हुन्छन्। जाँडरक्सी खाएपछि पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन कागतीको प्रयोग गर्न सकिन्छ। 

दूधमा पाइने कोलिन नामक तत्त्वले दुर्गन्ध फलाउँछ। कोलिनले पसिना गन्हाउने समस्या निम्त्याउँछ। कफीमा एक हजारभन्दा बढी केमिकलको मिश्रण हुन्छ। हाइड्रोकार्बोन, अल्कालाइड्स जस्ता केमिलको मिश्रण कफी हो। यसले शरीर र सास गन्हाउने समस्या निम्त्याउँछ। 

काउलीमा भिटामिन सी कोलिन पर्याप्त पाइन्छ। यसले शरीरमा दुर्गन्ध फैलाउँछ। काउली खाएपछि ताजा स्याउ खाएमा दुर्गन्ध हटाउन सकिन्छ। लसुनप्याजमा सल्फर नामक तत्त्वको मात्रा बढी हुन्छ। लसुनप्याज आफैंमा एक फरक गन्ध भएको खानेकुरा हुन्। 

छाला रोग विशेषज्ञ राजन बाबुका अनुसार गर्मी मौसममा शरीरलाई जति कुल राख्न सकियो त्यति नै राम्रो हुन्छ। बजारमा पाइने अनेकौं प्रोडक्टको प्रयोग गर्नुभन्दा राम्रो सामान्य डेटोल साबुन र चिसो सफा पानीको प्रयोग गर्नु फाइदा हुन्छ। सफा पानी र साबुनको नियमित प्रयोगले पनि पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्