काठमाडौं - एनआईसी एसिया बैंकले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर डिजिटल पेयमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट अफरसहितका योजनाहरु सार्वजनिक गरेको छ।
उक्त योजनाहरुमा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ् मार्फत भुक्तानी गर्दा दश प्रतिशत तथा उच्चतम एक हजारसम्मको क्यास ब्याक तथा छुट प्राप्त गर्न सक्नेछन्। यो योजना बैशाख १९ गते मात्रै लागु हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४