बिहीबार, साउन २१, २०८३

यी हुन् चीनसँग भएका सात सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । 

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेका हुन् । 

यातायात तथा पारवाहन प्रोटोकलमा हस्ताक्षरसँगै औपचारिक रूपमा नेपालको समुद्रसँगको सम्पर्क एकतर्फी भारतमा मात्र रहँदै आएकोमा नेपालले चीन तर्फबाट पनि समुद्रसम्म पहुँच कायम भएको छ । 

नेपाल र चीनबीच पारवहनसँगै 

-आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता, 

-नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनमा सहायतासम्बन्धी सम्झौता, 

-भन्सारमा सहकार्य तथा प्रशसनिक सहकार्यसम्बन्धि सम्झौता, 

-नेपाली गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्बन्धि सम्झौता,

-भदारीपत्र सम्बन्धी सम्झौता

-नेपालबाट चीनमा साँस्कृतिक सम्पदाको अवैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौता

साढे १६ अर्ब रुपैयाँ अनुदानको घोषणा

चीनले नेपाललाई १ अर्ब युआन (करिब साढे १६ अर्ब रुपैयाँ) अनुदान सहयोग दिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार भएको महत्वपूर्ण भेटवार्तापछि चीनले सहयोगको घोषणा गरेको हो ।

बेइजिङस्थित नेपाली राजदूतावासले चीनले नेपालमा सञ्चालन गरेका विभिन्न परियोजना, नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर बृद्धि, भूकम्पले पुर्याएपछिको पुनर्निर्माण लगायतका कार्यमा खर्च हुने गरि यो अनुदान दिइएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्