बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानको सफल कार्यान्वयनका लागि कांग्रेस जिताउने अभियानमा लाग्न निधिको आह्वान

संविधानको सफल कार्यान्वयनका लागि कांग्रेस जिताउने अभियानमा लाग्न निधिको आह्वान

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत जारी गरिएको नेपालको संविधानको सफल कार्यान्वयनका लागि आगामी चुनावमा नेपाली कांग्रेसलाई बिजयी गराउन जनसम्पर्क समितिका सदस्यहरूलाई आह्वान गरेका छन्।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

मुम्बई- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत जारी गरिएको नेपालको संविधानको सफल कार्यान्वयनका लागि आगामी चुनावमा नेपाली कांग्रेसलाई बिजयी गराउन जनसम्पर्क समितिका सदस्यहरूलाई आह्वान गरेका छन्। 

नेपाली जनसम्पर्क समिति मुम्बईको कार्यालयमा शनिबार आयोजित भेटघाट कार्यक्रममा उपस्थित जनसम्पर्क समितिका सदस्यहरूसँग उपसभापति निधिले यस्तो आह्वान गरेका हुन्।

विपी कोइरालाले नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि समर्थन जुटाउन मुम्बईमा नेपाली जनसम्पर्क समिति स्थापना गरेको गौरवमय इतिहास भएको स्मरण गर्दै  निधिले आगामी चुनाबमा  रुख चिन्हलाई बिजयी गराउन अहिलेदेखि नै आ-आफ्नो  जिल्ला र गाउँमा सम्पर्क गरी सक्रिय हुन सबैसँग अपील गरेका छन्। 

उनले गत निर्वाचनमा संघीय लोकतान्त्रिक प्रणालीप्रति इमान्दार नभएको नेकपाले जितेका कारण मुलुकमा भाँडभैलो मच्चिएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गर्नुपर्ने उल्लेख गरे। प्रवासी नेपालीको हकहितको लागि नेपाली कांग्रेसले सधै साथ दिँदै आएको र भबिश्यमा पनि साथमै रहने उनले आश्वस्त बनाए। 

कार्यक्रममा निधिले जनसम्पर्क कार्यालयको जग्गा सम्बन्धी मुद्दामा सहयोग गरिदिन कार्यक्रममा सहभागी महाराष्टका राष्टवादी कांग्रेसका सचिव बृजेश त्रिपाठीसँग आग्रह गरे। निधिको सो आग्रहपछि राष्ट्रवादी कांग्रेसका सचिव त्रिपाठीले जनसम्पर्क समितिको जग्गा बिबाद सम्बन्धी मुद्दामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: Aug 22, 2021| 11:49 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।