काठमाडौं – देशमा मोटोपनले ल्याएका विभिन्न समस्या अन्त्य गर्ने प्रतिबछता जाहेर गर्दै एक दशकदेखि सक्रिय हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरले भक्तपुरको सल्लाघारीमा नयाँ शाखा बिस्तार गरेको छ। हेल्दी होमले दश वर्ष पुगेको अवसरमा भक्तपुरमा दसौं शाखाको स्थापना गरेको हो।
नयाँ शाखाको उद्घाटन पूर्व कानुन मन्त्री तथा सांसद् शेरबहादुर तामाङले गरेका थिए। समारोहमा वरिष्ठ नायिका करिश्मा मानन्धर, अल्का हस्पिटलकी सिनियर गाइनोकोलोजिस्ट डा. नुतन शर्मालगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै पूर्व कानुन मन्त्री तामाङ्ले हेल्दी होमले मानव स्वास्थ्यका क्षेत्रमा ठुलो काम गरेको बताए। उनले यसले मोटोपनबाट हुने विभिन्न खाले रोग लाग्न नदिएर मान्छेको स्वास्थ्यमा ठुलो सकरात्मक प्रभाव पारेको उल्लेख गरेका थिए।
हेल्दी होमले उपत्यकाभित्र जमल, बानेश्वर, जाउलाखेल, महाराजगंज, बौद्ध, उपत्यकाबाहिर धरान, पोखारा, नारायणघाटलगायतका स्थानबाट सेवा दिइरहेको छ।
हेल्दी होममा मोटोपन घाटाउनुका साथै सेवाग्राहीको शारिरीक दुखाई, जोर्नी दुखाई, ग्यास्ट्रिक, कब्जीयत, कोल्डस्टोरेज, उच्च रक्तचाप, महिनावारी गडबडी जस्ता समस्याबाट मुक्त पाउनुका साथै शारिरीक सुन्दरता कायम गर्न समेत टेवा पुग्ने बताइएको छ। जापनिज र कोरियन पद्धतिबाट उक्त सेवा प्रदान गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४