बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकारको लगानी बालुवामा पानी, सारेको बस्तीमै पहिरो जाँदा बगे ४ घर

प्रदेश सरकारको लगानी बालुवामा पानी, सारेको बस्तीमै पहिरो जाँदा बगे ४ घर

रोल्पामा बाढीले ४ घर बगाएको छ। शुक्रबार राति आएको वर्षाका कारण रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले बगाएको प्रहरीले जानकारी दिएको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

रोल्पा- रोल्पामा बाढीले ४ घर बगाएको छ। शुक्रबार राति आएको वर्षाका कारण रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले बगाएको प्रहरीले जानकारी दिएको छ। 

रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङले जनाएको छ। अन्य ५ वटा घरमा पनि आंशिक रूपमा क्षति पुगेको छ। दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, विजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा रहेको छ।

फुलिवनमा पहिरोको उच्च जोखिम भएपछि गएको वर्ष बाछेममा सारिएको नयाँ बस्तीमा पनि पहिरो गएको हो। पहिरोले नयाँ बस्ती उच्च जोखिमा रहेकाले रातको समयमा सबै सुरक्षित ठाउँमा थिए। त्यसैले मानवीय क्षति हुन नभएको हो। 

प्रदेश सरकारको १५ करोड रुपैयाँ लगानीमा फुलिवनबाट ४० घर परिवारलाई बाछेमको नयाँ बस्तीमा सारिएको थियो। प्रदेश सरकारको लगानी गरिएको नयाँ बस्ती पनि पहिरोले बगाएको हो। भूगर्भविद् र स्थानीय सुझावलाई बेवास्ता गरी बस्ती सारिएको थियो। 

प्रकाशित: Aug 21, 2021| 19:36 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।