काठमाडौं- आज बैशाख १२ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
जिल्ला तहमा पार्टी एकीकरण भए लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र प्रदेश २ मा विवाद चुलिएको छ। जिल्ला तहमा गरिएको एकीकरणप्रति कतिपय शीर्ष नेतृत्वले असन्तुष्टि व्यक्त गरिरहेको बेला प्रदेश २ मा समेत नेताहरु असन्तुष्ट देखिएका छन्।
महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय कन्चनपुरले घुस खाएर चालक अनुमतिपत्र दिएको पुष्टि भएको छ। मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमतिपत्र वितरण गर्दा रकम असुल्दै वितरण गरेको पुष्टि भएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।
सर्वोच्च अदालतले तत्काल एनसेलबाट लाभकर नउठाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। एनसेल लाभकर विवादमा एनसेलले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले ठुला करदाता कार्यालयका नाममा आदेश जारी गरेको हो।
धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्ग अति जिर्ण भइसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्म विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए।
कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने भएको छ। वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी गराए।
प्रलोभन देखाउँदै धर्म परिवर्तनमा लागेका ५ जना क्रिश्चियन धर्म प्रचारकलाई प्रहरीले पक्राउ गरेको छ। धर्म परिवर्तन गराउँदै हिँडेको अभियोगमा दाङ प्रहरीले २ विदेशी नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ।
खुलामञ्च अतिक्रमण गरी सटर निर्माण भएपछि सम्पदा संरक्षणका अभियन्ता र नागरिकहरु आन्दोलित बनेका छन्। उनीहरुले बिहीबार काठमाडौं महानगरपालिकासँगको सेटिङमा खुलामञ्च अतिक्रमण भैरहेको भन्दै चर्को नाराबाजी गरे।
सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनगरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
बुधबार बिहान साढे ६ बजे राजधानीमा गएको भूकम्पको झट्काले रमिला अवालको मनलाई त्रिसित बनायो। बेलाबेला दिने भूकम्पका धक्काले रमिलालाई २०७२ साल बैशाख १२ गतेको नमिठो घटनाले चस्कारहन्छ। भूकम्पको धक्का आउँदा उनी ५ वर्षका छोरा सोनिस अवाललाई अँगालोमा बाँधेर हतारहतार भाग्न खोज्छिन्।
गृहमन्त्री रामबहादुर थापाले आतङ्ककारी गतिविधि गर्ने छुट कसैलाई नभएको बताएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा शान्ति सुरक्षामा खलल पुर्याउने छुट कसैलाई नभएको बताए। आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुर्याउनेलाई सरकारले कानून बमोजिम कारबाही गर्ने थापाले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन्।
गरिबी, अशिक्षा तथा चेतनाको कमीले सिर्जित सामाजिक विकृति प्रदेश २ मा व्याप्त छ। विभित्र विकृति मध्ये दाइजो र बालविवाह प्रमुख चुनौती बन्दै गएको छन् समग्र प्रदेश २ का लागि। सहरी क्षेत्रभित्र केही हदसम्म सुधारोन्मुख अवस्था रहे पनि ग्रामीण परिवेश अझै यस्ता विकृतिबाट उन्मुक्ति भने पाउन सकेको छैन।
हामी बसेको जमिनमुनि कडा चट्टान (बेड रक) हुन्छ । यही चट्टानमाथिको भागलाई पृथ्वीको सतह (क्रेस्ट) भानिन्छ, जसको सबैभन्दा माथिको सतहमा हामी बसिरहेका हुन्छौँ जुन १०० किमिसम्म गहिरो हुन्छ । पृथ्वीमा यस्ता ठूला चट्टान ७ ओटा छन् र यिनीहरुलाई टेक्टोनिक प्लेट भनिन्छ । यी प्लेटहरु एकापसमा जोडिएर बसेका हुन्छन् र कुनै एकअर्कामा खप्टिएका पनि हुन्छन् ।
वैशाख १२ को भूकम्पपछि लक भएको भूभाग दक्षिणतिर नसर्दा (क्रिप) काठमाडौंको उच्च भूकम्पीय जोखिम यथावत् रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये करिब आधा विद्यालय अझै बन्न सकेका छैनन् । भूकम्प गएको ४ वर्षको अवधीमा चार हजार २५३ विद्यालय भवनको मात्रै पुनःनिर्माण भएको छ ।
विनाशकारी भूकम्प गएको चार वर्ष बित्दा पनि मानवीय जीवनका लागि अत्यावश्यक खानेपानीका संरचना पुनःनिर्माण अत्यन्त सुस्त गतिमा अघि बढेको छ ।
विनाशकारी भूकम्पले भत्काएका सरकारी भवनहरुको पुनःनिर्माण अत्यन्त सुस्त देखिएको छ । भूकम्प गएको ४ वर्ष बित्दा अहिलेसम्म जम्मा २६२ वटा मात्रै सरकारी भवन पुनःनिर्माण भएका छन् ।
भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।
सरकार यो आर्थीक वर्षमा वेरोजगार भत्ता नबाड्ने भएको छ ।
बेरोजगार पहिचान, उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा ढिलाई भएको र न्यूनतम रोजगरीको अवधि बाँकी भएको भन्दै सरकारले चालु आर्थिक वर्षमा वेरोजगार भत्ता नबाड्ने भएको हो ।
विनासकारी भूकम्प गएको चार वर्षको अवधिमा ४७ हजार ८ सय १५ वटा परकम्प गएका छन् ।
२०७२ वैशाख १२ : त्यो कालो शनिबार (भिडियोसहित)
शनिबार सार्वजनिक बिदा । वैशाख महिना भए पनि राजधानीको मौसम चिसै थियो । पानी पर्ला पर्ला जस्तो । सबेरैदेखि सिरेटो चलेकाले मानिस बाक्ला लुगामा देखिन्थे । सडकमा अन्य दिनभन्दा चहलपहल निकै कम थियो ।
महानायक राजेश हमाल पहिलो पटक पत्नी मधू भट्टराईसँग अनस्क्रिनमा देखिएका छन्। पछिल्लो समय फिल्मी करियरबाट टाढा रहेर अन्य कार्यक्रममा बेस्त राजेश एउटा गीतको म्युजिक भिडियोमा पत्नी मधुका साथ देखा परेका हुन्।
बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्ला दिनमा फिल्मभन्दा बढी अमेरिकन गायक तथा पति निक जोन्सलाई लियर चर्चामा रहने गरेकी छन्। केही समयपहिले प्रियंकाको पोल्टोबाट सलमानको बहुचर्चित फिल्म ‘भारत’ फुत्किएको थियो। त्यसपछि ‘भारत’ मा कैटरिनाको इन्ट्री भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४