बिहीबार, भदौ ४, २०८३

यस्तो रहेछ भावुक बनाउने मृतक धर्माको तस्बिर-कथा

यतिबेला सामाजिक सञ्जालमा यो कारुणिक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। ललित देउवाले फेसबुकमा लेखेका छन्, ‘दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो।’ उनी त प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्तै थुप्रैका सामाजिक सञ्जालका वालमा धर्माप्रति शब्दश्रद्धा खर्चिएका छन्।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

सुर्खेत– जन्मेपछि ढिलोचाँडो कसैको ज्यान जान्छ नै। तर कसैको मृत्युले भने धेरै मानिसलाई भावकु बनाइदिन्छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटालाको निधनले अहिले धेरैलाई यस्तै बनाइदिएको छ। 

घटना हो बिहीबारको। मध्यरात भइसकेको थियो। ना३ख ३७८८ नम्बरको नाइट बस तीव्र गतिमा अगाडि गुडिरहेको थियो। वातावरण शान्त बनेपछि आफ्नो निद्रा भगाउन मधुर गीत बजाइरहेका थिए चालकले।

सोही बसमा यात्रारत धर्माकुमारी। साथमा थिए ३२ महिनाको छोरा किरण। धर्मा बाँकेको नेपालगन्जमा रहेका पति दलबहादुर बटालालाई भेट्न जाँदै थिइन्। बिरामी धर्ना राडी भन्ने ठाउँबाट बस चढेदेखि नै पतिको सम्पर्कमा थिइन्। कतैकतै टेलिफोन टावरले काम नगर्दा सम्पर्क हुँदैनथ्यो। रात छिप्पिएपछि बलबहादुर सुते। धर्मा पनि भोलि बिहानै पतिलाई भेट्ने कल्पना गर्दै निदाउन खोज्दै थिइन्। 

तर बसको सिटमै धर्माको मृत्यु हुन पुग्यो। काखमा दूधे बालक छ। जसको अबोधता आमाको मृत्युबारे अनविज्ञ छ। मृत आमाको काखमा लोलाउन खोजिरहेका छन् ती अबोध बालकका आँखा। यतिबेला सामाजिक सञ्जालमा यो कारुणिक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। ललित देउवाले फेसबुकमा लेखेका छन्, ‘दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो।’ उनी त प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्तै थुप्रैका सामाजिक सञ्जालका वालमा धर्माप्रति शब्दश्रद्धा खर्चिएका छन्।

कसरी भयो धर्माको मृत्यु?

धर्मा मुटु रोगी थिइन्। उनी थप उपचारका लागि छोरा किरणलाई बोकेर नेपालगन्ज जाँदै थिइन्। पति दलबहादुर कामको सिलसिलामा नेपालगन्मा बस्थे। धर्मा आफू सामान्य बिरामी भएको खबर पतिलाई सुनाउँथिन्। आर्थिक अवस्था कमजोर भएका दलबहादरले गाउँको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्थे। यसरी नै धर्माको उपचार प्रक्रिया अघि बढ्छ। तर बिरामले निकै सताएपछि बलबहादुरले नेपालगन्ज आउन सुझाउँछन्। बाँच्ने आशा बोकेर उनी घरको सबै चाँजोपाँजो मिलाई दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चढ्छिन् धर्मा। 

बसमा चिनेजानेका कोही हुँदैनन्। काखे बालक नै उनको रात्रिकालीन यात्राको साथी हुन्छ। बीच बाटामा उनलाई बान्ता हुन्छ। वरपरका सबै सिटका मान्छे मस्त निद्रामा हुन्छन्। सँगैको सिटमा बसेका थिए २७ वर्षीय अर्जुन केसी। 

बर्दियाको हरियालेक पुग्दा किरण बटला रुन थाले। उनको रुवाइले निदाएका यात्रु बिउँझिए। बच्चा सिटबाट तल खसेका रहेछन्। आमा सिटमा अडेस लगाइरहेकी थिइन्। दिदी बच्चा रोयो उठ्नुस् भनेर केसीले बोलाए। उनी बोलिनन्। अरुले पनि उठाउन खोजे तर धर्मा हलचल पनि गरिनन्।

बान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिन झोला मागिन्। अनि आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाइदिन केसीसँग आग्रह गरिन्। केसीले आमाछोराका लागि सिट छाडेर अर्को सिटमा गएर एक्लै बसे। धर्माकुमारीको बान्ता रोकिएन। बोटेचौर भन्ने ठाउँमा पुगेपछि तारन्तार बान्ता भयो। केही बेरमा सामान्य अवस्थामा आइन् र सिटमा बसिन्। सुनसान रातमा बस गुडिरह्यो।

बर्दियाको हरियालेक पुग्दा किरण बटला रुन थाले। उनको रुवाइले निदाएका यात्रु बिउँझिए। बच्चा सिटबाट तल खसेका रहेछन्। आमा सिटमा अडेस लगाइरहेकी थिइन्। दिदी बच्चा रोयो उठ्नुस् भनेर केसीले बोलाए। उनी बोलिनन्। अरुले पनि उठाउन खोजे तर धर्मा हलचल पनि गरिनन्। केसीले भने, ‘हामीले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन।’ 

धर्मालाई उठाउने सबैको प्रयास निरर्थक हुन पुग्यो। किनकि धर्मा कहिल्यै नउठ्ने गरी चीरनिद्रामा परिसकेकी थिइन्। उनको अवस्था देखेपछि यात्रारत सबै दुःखी बने। रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेका थिए। सोही क्रममा आमा धर्माकुमारी बटालाको काखमा बच्चा राखिएको थियो। त्यहीबेला एक यात्रुले खिचेको तस्बिर अहिले चर्चामा आएको छ। 

दलबहादुरका अनुसार धर्माको उपचारमा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो। उनले भने, ‘मैलै नै उपचारका लागि बोलाएको थिएँ। शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिएँ। तर उनले बाटोमै ज्यान गुमाइसकिछन्। बिहान त छोरालाई मात्रै भेट्न पाएँ,’ उनले भने। धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि एउटा सिट मिलाइएको थियो। 

धर्माको माइती डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर-३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्। 

प्रकाशित: Aug 21, 2021| 13:10 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।