काठमाडौं – ओपो एफ ११ प्रो नेपालमा सार्वजनिक गरिएको छ। सोमबार एक कार्यक्रमकाबीच ओपोले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा ओपो एफ ११ प्रो स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम प्रकाश भएका स्थानमासमेत उत्कृष्ट तस्विर खिच्ने क्षमतालगायत अन्य नयाँ प्रविधिको प्रयोग फोनमा गरिएको कम्पनीको दाबी छ। एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायतका फिचर्स उपलब्ध हुनेछन्।
एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ ११ प्रो मा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइनसहित सार्वजनिक भएको छ। एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन रंगमा उपलब्ध छ।
फोनकालागि अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर अवधि तोकिएको छ। सार्वजनिक सबै फोनहरु अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुने कार्यक्रममार्फत जानकारी दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४