काठमाडौं - प्रभु बैंक लिमिटेडले भक्तपुरको बालकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ् सेवा पुर्याउने उद्देश्यका साथ बैंकले सोमबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो।
शाखाको सांसद महेश बस्नेतले उद्घाटन गरेका थिए। बस्नेतले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ् सेवा पुर्याएकोमा धन्यवाद व्यक्त गरे।
उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४