बुधबार, साउन २०, २०८३

नेपाली कामदार तत्काल जापान जान नपाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जापान रोजगारसम्बन्धी संयन्त्र तयार नहुँदा नेपाली कामदार तत्काल जापान जान नपाउने भएका छन्। 

नेपाल र जापानबीच श्रम समझदारी भएको एक महिना बित्नै लागे पनि अझै रोजगारसम्बन्धी संयन्त्र बन्न नसक्दा नेपाली कामदार जाने बाटो रोकिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र जापानबीच संयुक्त समिति बनाएर प्रक्रियाबारे छलफल गर्ने तयारी सुरु भएको छ । प्रक्रियाकाबारे नेपालले प्रश्न बनाएर जापानलाई पठाइसकेको छ। जापानबाट प्रतिक्रिया आइसकेको छैन।

रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ।

भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन। आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौतापत्रका आधारमा मात्र सम्बन्धित कामदारलाई भिसा उपलब्ध हुन्छ।

तर, जापानकै केही गैरनाफामूलक कम्पनीले भने नेपाल सरकारसँग मिलेर सीप र भाषा उत्तीर्ण गर्ने नेपाली इच्छुक कामदारको रोस्टर तयार गरी उनीहरूलाई जापानको रोजगारदाता कम्पनीको आवश्यकताअनुसार कामदारको मिलन (म्याचिङ) को काम छुट्टै संस्था गठन गर्ने प्रस्ताव गरिएको छ। म्याचिङका लागि जापानका विभिन्न कम्पनीले पहल थालेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्