बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालको पार्टीको नाममै मजाक नगर्ने कि?, दुनियाँ हास्दैछन् : सूर्य थापा

माधव नेपालको पार्टीको नाममै मजाक नगर्ने कि?, दुनियाँ हास्दैछन् : सूर्य थापा

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई लिएर व्यंग्य गरेका छन्।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई लिएर व्यंग्य गरेका छन्।

एकीकृत समाजवादी पार्टी नामलाई उनले ‘मजाक’ संज्ञा दिँदै फेसबुकमा स्टाटस लेखेका छन्। दुई दिनअघि नै आफूले एमाले (समाजवादी) नाममा निर्वाचन आयोगले पार्टी दर्ता गर्न नसक्ने बताएको थापाको भनाइ छ।

‘उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन। जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भनेजस्तो। नाममै मजाक त नगर्ने कि। दुनियाँ हास्दैछन्', उनले भनेका छन्।

नेता नेपालले एमालेबाट विभाजित हुँदै निर्वाचन आयोगमा एमाले (समाजवादी) नाममा पार्टी दर्ता गराउन चाहेका थिए। तर, आयोगले उक्त नाम अस्वीकार गरिदिएको थियो। अहिले नेपाल नेतृत्वको पार्टीको नामाकरण नेकपा (एकीकृत समाजवादी) गरिएको छ।

प्रकाशित: Aug 21, 2021| 08:59 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।