बुधबार, साउन २०, २०८३

यूनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नयाँ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ। यूनाइटेड सिमेन्ट्सले “यूनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार” नामक योजना सार्वजनिक गरेको छ। 

योजना अन्तर्गत हरेक २५ बोरा सिमेन्ट्सको खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन्। कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चा“दी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चा“दी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन्।

कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ। यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्र बाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुन्डाईको स्यान्ट्रो कार जित्न सक्नेछन्।

यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबैभन्दा ठूलो मूल्यको रहेको दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्