बिहीबार, चैत १२, २०८२

थकान मेटाउने कसरी?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अब गर्मी मौसम सुरु भएको छ। गर्मीका कारण कामकाजी मानिस थकानमा पर्छन्। मानिसलाई थकान र आलस्य महसुस हुनु सामान्य हो। शरीरमा पर्याप्त मात्रामा ऊर्जा नहुँदा यस्ता समस्या आउन सक्छन्। निरन्तर रुपमा काम गर्दा, हिँड्दा, लामो समयसम्म अध्ययनमा संलग्न हुँदा, अनिँदो हुँदा मानिसलाई थकाइ लाग्छ। थकानबाट कसरी मुक्ति पाउने त ?

निद्राको तालिकामा ध्यान दिनु होस्

हामीमध्ये धेरै राति अबेरसम्म मोबाइल चलाइरहन्छौं। यसले हाम्रो सुत्ने तालिका बिग्रिसकेको छ। दिनभरको स्फुर्तिका लागि पर्याप्त सुत्नुपर्छ। दैनिक सात घन्टा वा कम सुतेमा रोग प्रतिरोधक शक्ति क्षमतामा ह्रास आउँछ र यसले मधुमेह र मुटुको समस्या आउन सक्छ। यसका साथै नौ घन्टाभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक छ।  वयस्क व्यक्ति सातदेखि आठ घन्टा सत्नुपर्छ।

प्रोटिनको अत्यधिक सेवन गर्ने

हामी ब्रेकफास्टमा मफिन, ‘डुनट, बिस्कुट, पाउरोटीजस्ता खानेकुरा खान्छौं। यस्ता खानाले केही समयका लागि मात्र आड दिन्छ। ब्रेकफास्टमा अण्डा, टोस्ट, दही र फलफुल, स्याउ, चिजजस्ता खाना खाएमा पर्याप्त प्रोटिन पाइन्छ।

पानी धेरै पिउने

पानीले शरीरमा स्फुर्ति र थकान हटाउँछ। दिनमा ७ देखि ८ लिटरसम्म पानी पिउनुपर्ने चिकित्सको सल्लाह छ। आलस्य हटाउने अर्को उपाय नुहाउनु पनि हो। नुहाउन नसकेमा मुख र हातखुट्टा धुनुपर्छ।

रमाइलो गर्ने

दिक्दार र आलस्य हटाउने एउटा उपाय कमेडी फिल्म हेर्नु पनि हो। कमिकल किताब पढ्न्पर्छ। त्यस्तै साथीहरूसँग रमाइलो गर्नु अर्को उपाय हुन सक्छ।

आफूलाई मन पर्ने क्रियाकलाप गर्नुपर्छ। जस्तै : कसैलाई खान मनपर्छ, कसैलाई नाच्न वा धुन सुन्न। जुन कुराले आफूलाई खुसी दिन्छ त्यसमा केन्द्रित भएमा आलस्य कम हुन्छ।

तनाव, नकारात्मक सोचाइ र डिप्रेसनले हाम्रो ऊर्जा घटाउँछ। सकारात्मक कुरा सोच्नुपर्छ। आफूलाई मन लागेको कुरामा एकचित्त भई लाग्नुपर्छ। यसले शरीरमा ऊर्जा थप्छ। आध्यात्मिक चिन्तनले त थकाउन घटाउन ठूलो सहयोग गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्