सोमबार, असोज १९, २०८३

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन्।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन्।

 सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताएका छन्। संघको  दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ। 

‘नेपालको संविधान जारी भएको छ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु, म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु’, आचार्यले भने।

सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै संघको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए। ‘विदेशमा बस्ने नेपालीले पठाएको रकमले नेपाल को अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, संघले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु’, उनले भने।

नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ। अहिले संसारभरि यसका सदस्यको सङ्ख्या एक लाख नाघेको बताइएको छ। ‘अहिले हाम्रो संस्था ८० भन्दा बढी मुलुकमा पुगी सकेको छ, तर केही समस्या पनि देखिएका छन्, केन्द्रले राष्ट्रिय समन्वय परिषद्लाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन, राष्ट्रिय समन्वय परिषद्लाई स्वायत्त, सुदृढ र आत्मनिर्भर बन्न सघाउने मेरो नीति हुने छ’, उनले भने।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ। ‘एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि उत्तिकै अपेक्षा छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ’, उनले भने। पर्वतको धाइरिङमा जन्मिएका आचार्य गएको दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्दैआएका छन्। उनी एक सफल व्यवसायीको रुपमा पनि चिनिन्छन्।

‘सन् २००३ मा अग्रजले संघ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली नेपाल समृद्ध भएको हेर्न चाहन्छन्, यसका लागि संघले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाई देओस् भन्ने मात्र हाम्रो चाहना हो’, आचार्यले भने।  कृष्णप्रसाद शर्मा/ रासस

प्रकाशित: Aug 21, 2021| 07:35 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...