काठमाडौं – मङ्गलबार दोहोरो अंकले उकालो लागेको शेयर बजारमा आज (बुधबार) भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ। बुधबार कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए।
कारोबार भएका दश उपसमूहमध्ये बैंकिङ् ८.९३, होटल १.६३, विकास बैंक ४.०९ र जीवन बीमा ३९.१९ विन्दुले बढेका छन् । त्यस्तै जलविद्युत् ०.४४, वित्त ०.१३, निर्जीवन बीमा ९.३८, उत्पादन ८.४२, अन्य ०.२७ र लघुवित्त १४.०२ विन्दुले घटेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४