काठमाडौं– इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले नयाँ वर्षको अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले अतिरिक्त २ महिनाको इन्टरनेट र नेट टिभी निशुल्क प्राप्त गर्न सक्नेछन्।
भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप प्रदान गर्दै आएको छ। यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबन्धन, निगरानी र सपोर्ट सेवा प्राप्त गर्न सक्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४