काठमाडौं – नयाँ वर्षको पहिलो दिन सोमबार धितोपत्र बजारमा शेयरको मूल्यमा ४.७ विन्दुले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि भई एक हजार १८८.७१ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १।१३ विन्दुले बढेर २५४.७७ विन्दुमा पुगेको छ। सोमबार कूल १६५ कम्पनीको नौ लाख ६४ हजार ५९८ कित्ता शेयर रु ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ।
स्टकका अनुसार कारोवार भएका कूल दश उपसमूहमध्ये सोमबार चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर भने बढेको छ। जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ। यस्तै बैंकिङ ५.८९, होटल २२.४९, विकास बैंक ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ।
स्टकका अनुसार नेको इस्योरेन्स कम्पनीको कारोवार आज सबैभन्दा बढी भएको छ। सो कम्पनीको दुई करोड ७५ लाख ५० हजार २०१, कुमारी बैंक एक करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया बैंक एक करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनी एक करोड ६८ लाख ८५ हजार ९७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ।
स्टकका अनुसार आज इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशतले बढेको छ। साना किसान विकास बैंकको ६.४५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ६.२४, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ६.०४, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाएका छन्।
यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.८९, नाडेप लघुवित्त वित्तीय संस्था ४.४४, विजय लघुवित्त वित्तीय संस्था ४.२१, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.८४ गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४