बुधबार, साउन २०, २०८३

ओप्पोको 'एफ ११ प्रो' बजारमा आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ओप्पोले सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रो मा नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ।

लोकप्रिय एफ सिरिज अन्तर्गत एफ ११ प्रो मा फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८ मेगापिक्सेल क्यामेरा उपलब्ध गराइएको छ। स्मार्टफोनको डिजाइन अनुकुलन हुने गरी फोनको माथिल्लो मध्यभागमा १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ। आवश्यकताअनुसार राइजहुने (निस्कने) र प्राकृतिक देखिने सेल्फीलिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ।

यसमा उत्कृष्ट सेल्फी फङ्सनकासाथै स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिनपनि उपलब्ध गराइएका छन्। यस फोनमा ६.५३ इञ्चको डिस्प्ले स्क्रिन रहेको छ। यसमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गराइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्