बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुमति विना भिडियो खिचेर चरित्रहत्या गरेको आरोपमा युट्युबर पक्राउ

अनुमति विना भिडियो खिचेर चरित्रहत्या गरेको आरोपमा युट्युबर पक्राउ

अनुमति विना भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ परेका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

विर्तामोड- अनुमति विना भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ परेका छन्। उनीहरूलाई झापा प्रहरीले अनारमनिबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, व्यवसायी हेमराज भट्टराई र सुवास कार्की छन्। 

होटलमा खाजा खाइरहेका बेला कोठामा प्रवेश गरी अनुमति नै नलिई भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको अभियोग उनीहरूमाथि लागेको छ। उक्त कार्यमा संलग्न भएको आरोप लागेका केही युट्युबरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामाथि अभद्रव्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।

भदौ १ गते उनीहरूले होटलमा खिचेको भिडियो सार्वजनिक गरेका थिए। मानिसको व्यक्तिगत जीवनमा घुसेर चरित्रहत्या गरेको भन्दै सामाजिक सञ्जालमा उनीहरूको आलोचना भएको थियो। 

प्रकाशित: Aug 20, 2021| 19:30 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।