काठमाडौं- आज चैत ३० गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
काठमाडौं उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ। आज पहिलो दिन सेतो मछिन्द्रनाथको रथ दरबारमार्गबाट तानेर असनसम्म लगिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्राज्ञिक क्षेत्रमाथि प्रत्यक्ष हस्तक्षेप बढाएको आरोप लगाएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ सुदूरपश्चिम प्रदेशको भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले उक्त आरोप लगाएका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डेले कांग्रेसले २०४८ सालमै बनाएको अर्थ नीतिले मुलुक चलिरहेको बताएका छन्। नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन तथा चियापान कार्यक्रममा बोल्दै नेता पाण्डेले दूई तिहाई बहुमत हुँदा पनि वर्तमान सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको र कांग्रेसले नै कोरेको बाटोमा हिडिरहेको बताएका हुन्।
मान्छे प्रकृतिसँग रम्न रुचाउने प्राणि हो। नयाँ–नयाँ गन्तव्यको खोजी गर्दै रमाउनु मानव स्वभाव नै हो। फुर्सद मिल्दा व्यस्त जीवनबाट आक्रान्त बनेको मान्छे प्रकृतिकै काखमा टहलिन रुचाउँछ र प्रकृतिकै काखमा पुग्छ विश्राम लिन। यति बेला पनि धेरै जना नयाँ गन्तव्यको खोजी गर्दै नयाँ वर्षलाई स्वगत गर्ने योजनामा हुन सक्छन्।
वर्ष २०७५ नेपालका श्रमजीवी वर्ग तथा रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको मुहारमा खुसीको सञ्चार गराउने वर्षका रुपमा रह्यो। जनअनुमोदित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले यसै वर्ष श्रम तथा रोजगारका क्षेत्रमा मुख्यतः श्रमजीवी वर्ग र जनताको भावना समेट्ने गरी विभिन्न जनपक्षीय कार्यक्रमको घोषणा गर्यो।
महानगरलाई व्यवस्थित बनाउन शुरु गरिएको नागरिक अभियान व्यवस्थित वीरगंजले विद्यालय लक्षित सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।
आईसीसी एसिया यू-१९ विश्वकप छनोट खेली रहेको नेपाल आमफ्नो दोस्रो खेलमा युएईसाग पराजित भएको छ । शनिबार भएको खेल बर्षले प्रभावित भएपछि युएईसँग डकवर्थ लुइस (डिएल) मेथडमा नेपाल १ रनले पवारजित भएको हो ।
आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठनमा पहिलोपटक आयोजित २१ दिने मौन ध्यान साधना अत्यन्त आल्हादित वातावरणमा सम्पन्न भएको छ। चैत्र ९ गतेदेखि शुरु भएको २१ दिने मौन साधनामा १६ जना साधक-साधिका सहभागी थिए।
काठमाडौं महानगरपालिकाले धुलो बढार्ने आधुनिक मेसिन ब्रुमरबाट दुई साता अवधिमा २४१ टन धुलो संकलन गरेको छ। महानगरका सहरमा अत्यधिक धुलो उडेर जनजीवन कष्टकर भएपछि त्यसको व्यवस्थापनका लागि गत चैत १२ गते पाँचवटा ब्रुमर ल्याएको थियो।
दाङमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगिताका आज सम्पन्न दुई खेलमा दुवै खेलमा नेपाल पुलिस क्लबले स्वर्ण र दुई रजत पदक जितेको छ भने एपिएफले दुई कास्य र त्रिभुवन आर्मी क्लबले दुई–दुई कास्य पदकमा चित्त बुझाएका छन्।
सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ। वि.सं. ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो।
‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गगरिन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै देशको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। शनिबार जारी गरिएको शुभकामना सन्देशमा उनले लाखौं नेपाली काम, माम र दामका लागि विदशी भूमिमा भौतारिनुपर्ने देशमै शिक्षा, स्वास्थ्य, सुख तथा शान्ति प्राप्त हुननसक्ने अवस्था अझै कति सम्म रहने भनेर प्रश्न गरेका छन्।
जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ।
नेतृ विक्रम चन्द 'विप्लव' समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
भवानीलाई सेयर बजारबारे खासै ज्ञान थिएन। समाजशास्त्रमा स्नातक पढ्दै गरेकी उनको विषयगत चासो पनि यता थिएन। जब उनले एउटा सहकारीमा काम थालिन् अनि उनले सेयरको गफ सुन्न थालिन्। एकदिन चियाभेटमा एकजना सेयरलगानीकर्ताले उनलाई भनेका थिए, ‘नशा नशामा सेयरले कब्जा गरिसक्यो, यो बाहेक केही गर्ने जाँगर छैन। वीमिन आर द सुपरट्रेडर।'
हरी चौहान र भिम सार्कीको अर्धसतकको मद्दतले नेपालली यू-१९ क्रिकेट टोलीले युएई यू-१९ क्रिकेट टोलीलाई २ सय ४८ रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४७ रन जोडेको हो ।
सशस्त्र प्रहरीले भरुवा बन्दुकसहित एकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर पुर्नवास नगरपालिका ११ टाउके बजारका ५५ वर्षीय महेन्द्र शाही रहेका छन्।
पछिल्लो समय नेपाली साहित्यको बजार आशा लाग्दो बन्दै गाएको छ। केही वर्षपहिले थोरै पुस्तक निस्किथे। तिनीहरुको चर्चा पनि स्रष्टाबीचमा मात्रै हुन्थ्यो। तर, अहिले समय फेरिएको छ। पठन संस्कृतिको विकास हुन थालेको छ। साहित्यकार र साहित्यिक कृतिले राम्रै चर्चा पाउने गरेका छन्। प्रकाशन गृह बढेका छन् भने पाठकको संख्या बढ्दो छ। यसले लेखकलाई पनि हौस्याएको छ। त्यसैले बर्सेनि अब्बल पुस्तकहरू निस्किरहेका छन्।
विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ। प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली कांग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो।
सरकारले पोखराबाट नेपाल भ्रमण वर्ष २०२० को पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ आज (शनिबार) गर्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले नयाँ वर्षका दिन देशका केही स्थानमा बदली भई पानी पर्नसक्ने बताएको छ।
कैलालीको बौनियास्थित एक होटलबाट प्रहरीले शुक्रबार दिउँसो एक जोडीलाई पक्राउ गर्यो। होटलको कोठाबाट पक्राउ परेको त्यो जोडी पतिपत्नी भने हाेइन। पक्राउ पर्नेमा धनगढी घर भएकी महिला (प्रहरीले नाम सार्वजनिक गर्न मानेन) र जोशीपुर गाउँपालिका–५ का २८ वर्षीय गणेश जोशी हुन्। महिला विवाहित हुन् भने पुरुष अविवाहित हुन्।
चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंग्याउन पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले छलफल गरेका छन् ।
क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ। द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवद्र्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली आगामी वैशाख १८ गतेपछि स्वदेश फर्कन लागेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४