बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कक्षा १२ को परीक्षा रोकेर सीसीएमसीले विद्यार्थीलाई आतंकित पारेको सांसदहरूको आरोप

कक्षा १२ को परीक्षा रोकेर सीसीएमसीले विद्यार्थीलाई आतंकित पारेको सांसदहरूको आरोप

प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले विद्यार्थीलाई आतंकित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सीसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोश पनि व्यक्त गरे।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले विद्यार्थीलाई आतंकित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सीसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोश पनि व्यक्त गरे।

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा समितिका सदस्यहरुले दुई–दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्। 

सांसद जयपुरी घर्तीमगरले विनाविकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन्। समितिका सभापतिसमेत रहकी उनले प्रश्न गरिन्, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको?’

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए। उनले विद्यार्थीलाई आतंकित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सीसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरे। कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नुपरेको स्पष्टीकरण दिएका थिए। 

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए। उनले परीक्षा संचालनका लागि विद्यार्थीलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नुपरेको स्पष्टीकरण दिएका थिए। उनले आफूहरु चरणबद्ध रुपमा भए पनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए। 

प्रवक्ता शर्माले कोरोना संकटकै कारण सीसीएमसीले आफूहरुलाई परीक्षा सञ्चालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराए।

प्रकाशित: Aug 20, 2021| 18:11 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।