काठमाडौं – नेपाल टेलिकमले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै नयाँ ’अफर’ सार्वजनिक गरेको छ। टेलिकमले नयाँ वर्षमा २ सय रुपैयाँको ’प्याक अफर’ योजना सार्वजनिक गरेको हो।
अफर अनुसार सेवा लिएका सेवाग्राहीले २ सय रुपैयाँ को प्याक खरिद गरेपछि ३ जिबी इन्टरनेट डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय एसएमएस पठाउन सक्नेछन्।
प्याकको अवधि ५ दिनसम्म रहनेछ। यो योजना चैत ३० देखि २०७६ बैशाख २ अर्थात ३ दिनसम्म खरिद गर्न सकिने छ। प्याक प्राप्त गर्न लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४