काठमाडौं - ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। नेपाल सरकारले नयाँ वर्ष देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत बैंकले 'सबै नेपालीको बचत खाता' शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो।
नेपाल सरकारको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि नयाँ बचत खाता सुरु गरिएको बैंकले जानकारी दिएको छ।
आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खातामा खाता खोल्ने ग्राहकहरुलाई बैंकले रु. १०० बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ। उक्त खाता बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत सहजरुपमा खोल्न सकिने बैंले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४