काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकले शाखा विस्तार गरेको छ। काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा बैंकले आफनो ७९ औं शाखा विस्तार गरेको हो। बुधबारबाटै बैंकको परिसरभित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ।
बैंकका संचालकको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो। बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको जनाएको छ।
हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४