बुधबार, जेठ २७, २०८३

मज्जाले पाद्‍नुस, नपादे स्वास्थ्यलाई खतरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं - खाना खाँदा, कक्षामा रहँदा, बैठकमा बस्दा र डेटिङमा गएका बेला पाद्नुभयो भयो भने तपाईंलाई धेरैले ‘कस्तो असभ्य रहेछ ?’ भन्छन्। त्यसैले तपाईंहामीमा पाद दबाउने प्रवृत्ति छ । साथीभाइबीच बस्दा पनि फुत्किहाल्यो र गल्तीले पादिहाले मजाकको विषय बन्न जान्छ। तर, पोषणविद्हरूले पाद रोके स्वास्थ्य खराब हुने चेतावनी दिएका छन्।

अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु क्यास्टलका प्रोफेसर क्लेयर कोलिन्सका (कोलिन्स पोषणविद्) का अनुसार ‘पाद’ लामो समय दबाउँदा पेटमा रहेका आन्द्रामा फैलिन थाल्छ। यसका साथै यो ग्यास अन्य ग्याससँग मिलेर हाम्रो सास वा मुखबाट निस्कछ।

कोलिन्सले पाद रोक्नु वा दबाउनु निरर्थक भएको बताइन्। पाद रोकेमा आन्द्राभित्रको थैली सुनिन सक्छ। हाम्रो पेटमा डाइभर्टिकुला अर्थात् आन्द्राभित्र सानासाना थैली बन्न थाल्छ। त्यही थैली जम्मा हुँदै विकराल रूप लिन सक्ने चेतावनी क्लेयर कोलिन्सले दिएकी छन्।

यस कारण पनि पाद आएको अवस्थामा ‘ट्वाइलेट’ जाने वा खुला छोड्नुपर्छ।  यसलाई  हाछ्युँ वा हाइ काढे जस्तै सामान्य र स्वाभाभिक रूपमा लिनुपर्ने स्वास्थ्यविद्हरू बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्