सोमबार, असोज १९, २०८३

'नेपाल आइडल'का निर्णायक परिवर्तन, शम्भुजित, सुगम र शिवानी चयन

गायन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- गायन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि पुराना तीनै जना निर्णायक परिवर्तन गर्दै नयाँ राखिएको जानकारी दिएको हो। 

नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्। निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भुजित बाँस्कोटाले 'नेपाल आइडलमा आउँछु' भन्ने आशा गरेको र पूरा भएको प्रतिक्रिया दिए।

नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा उनले खुशी प्रकट गरे। 'नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ। हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो। हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ। व्यवस्थापनले पनि राम्रो माहोल सिर्जना गरिदिएको छ। नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुशी छु,' उनले भने। 

गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफूहरूलाई खुशी लाएको प्रतिक्रिया दिएका छन्। नेपाल आइडल सिजन-४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्। सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आबद्ध भएपछि व्यवस्थापन समितिले नयाँ निर्णायक टिम चयन गरेको हो।

प्रकाशित: Aug 20, 2021| 15:54 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।