बुधबार, साउन २०, २०८३

सिटिजन्स बैंकको आर्थिक सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सिटिजन्स बैंकले बालविकास समाजलाई १ लाख ५० हजार सहयोग प्रदान गरेको छ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकले सो संस्थालाई उक्त रकम प्रदान गरेको हो। विगत २६ वर्षदेखि उक्त संस्थाले बालअधिकारबाट वञ्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाशका लागि कार्य गर्दै आएको छ।

उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सो संस्थाले जानकारी दिएको छ।

हरेकवर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणकालागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी बैशाख ७ गते १२ औं वार्षिक उत्सव मनाउनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्