बुधबार, साउन २०, २०८३

किड्नी फेल भएर उद्योगी गोल्छाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष एवम् उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। मंगलबार राति भारतमा उपचारको क्रममा उनको निधन भएके हो।

किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।  उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ। ६७ वर्षका उनका दुई छोरा छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ। उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए। हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो।

उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। विराटनगरमा जन्मिएका गोल्छा काठमाडौंको शंखमूलमा बसोबास गर्दै आएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्