बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा प्रदर्शनमा हस्तक्षेप  : कमल थापालाई प्रहरीबाटै खोसे कार्यकर्ताले 

राप्रपा प्रदर्शनमा हस्तक्षेप  : कमल थापालाई प्रहरीबाटै खोसे कार्यकर्ताले 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अध्यक्ष कमल थापासहितका नेता कार्यकर्तालाई नियन्‍त्रणमा लिने प्रयास गर्दा तनाव भएको छ।  

हिन्दुराष्ट्र पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण र बेरोजगारी समस्या समाधानको लागि दवाव सिर्जना गर्न आयोजित देशव्यापी धर्नाको क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। राजधानीको रत्‍नपार्कमा आयोजित धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर अवस्था तनावपूर्ण बनेको थियो। 
सोमबार राप्रपाले काठमाडौं, ७ वटै प्रदेश केन्द्र र देशका सबै जिल्ला प्रशासन अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम राखेको छ।



सरकार समक्ष पेश गरेको २२ बुँदे माग पुरा गराउन राप्रपाले काठमाडौंस्थित रत्नपार्कमा आयोजना गरेको बृहत प्रदर्शन कार्यक्रममा थापासहित नेता दिपक बोहरा र बुद्धिमान तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएका तीनै नेतालाई कार्यकर्ताले प्रहरी भ्यानबाटै नियन्त्रणमुक्त गराएका थिए।राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको धरपकडको निन्दा गरेका छन्। यता, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले प्रदर्शनकारीले सडक अवरुद्ध गरेको र हटाउने प्रयास गर्दा प्रहरीमाथि ढुङ्गामुढा हुन थालेपछि सामान्य बल प्रयोग गरेको बताए। 

राप्रपाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस, राजा सहितको प्रजातन्त्र कायम गरियोस र त्यसका लागि गोलमेच सम्मेलन आयोजना गरियोस, संघीयता बारे जनमत संग्रह गरियोस लगायतका माग अगाडि सारेर प्रदर्शन गरेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।