सोमबार, असोज १९, २०८३

नेपालीले अस्ट्रेलियामा खोलेको कलेजले तास्मानियामा पनि पायो अनुमति

नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज 'ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन' ले अस्ट्रेलिया तास्मानियाको हाववाटमा पनि नयाँ कलेज सञ्चालनको अनुमानि पाएको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राबिधिक कलेज 'ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन' ले अस्ट्रेलिया तास्मानियाको हाववाटमा पनि नयाँ कलेज सञ्चालनको अनुमानि पाएको छ। नयाँ कलेजको नाम 'आइ आइ इ तास्मानिया क्याम्पस' रहने कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए।

तास्मानियाको नियम अनुसार प्राबिधिक बिषय एक वर्ष पढेपछि विद्यार्थीलाई भिजाको लागि अझ सहज हुने भएकाले पनि नयाँ प्राबिधिक कलेजमा विद्यार्थीको आकर्षण रहने लोहनीले बताए।

उक्त नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइ टि, लिडरसिप एण्ड म्यानेजमेन्टमा एड्भान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने आइ आइ इ तास्मानिया क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए।

साबिकको कलेजमा ४ सय बीस र नयाँमा ३ सय ५० गरि अब आइ आइ इ ७ सय ७० विद्यार्थी क्षमतामा सञ्चालनमा आउनेछ। कलेजमा प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मुलक हुने लोहनीको दाबी छ। 

अधिकांश विद्यार्थीको काम र पढाइबीच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाई अनुसारको कामसमेत पाउने भएकाले यसखाले कोर्स सुरु गरिएको लोहनीले बताए।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेजप्रति विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ।

गत वर्ष न्यू साउथ वेल्समा सुरु भएको आइ आइ इका विद्यार्थीले साउदर्न क्रस युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर पाउने सुबिधासमेत रहेको बताइएको छ।

प्रकाशित: Aug 20, 2021| 13:20 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...