बुधबार, जेठ २७, २०८३

स्वस्थ हुन ब्रेकफास्टमा के खाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
शरीरमा स्फुर्तिको लागि ब्रेकफास्टको प्रमुख भूमिका रहेको हुन्छ। एक अध्ययनले ब्रेकफास्टले शरीरको मोटोपन घटाउन भने मद्दत गर्दैन भन्ने पुष्टि गरेको छ। 

हरेक दिनको ब्रेकफास्टले शरीरले २६० क्यालोरी लिरहेको हुन्छ। ब्रेकफास्ट नगर्नेहरुको भन्दा ब्रेकफास्ट गर्नेहरुको शररुरको वजन आधा किलो वढ्ने गर्छ। 

विशेषज्ञका अनुसार ब्रेकफास्ट क्याल्सियम र फाइबरको राम्रो स्रोत हो। यसले एकाग्रता र ध्यान दिन सक्ने क्षमता वढाउँछ। विशेषगरी बच्चामा यसको राम्रो नतिजा देख्न सकिन्छ। किनभने ब्रेकफास्टबाट थप उर्जा र जरुरी पोषक तत्व मिल्छ र साथै पटकपटक खाना खाने बानी हट्छ। 

बिहानको ब्रेकफास्टले शरीरमा जोश जाँगर र बल प्रदान गर्दछ। तर, अष्ट्रेलियाको मोनाश विश्व विद्ययालयको एक अध्ययन अनुसार बिहानको ब्रेकफास्ट छोड्यो भने शरीरलाई फाइदा हुन्छ। बिहान खानाले समयमा भोक नलाग्ने जस्ता समस्या देखापर्दछन्। र, स्वास्थ्यमा नकारात्मक असर पर्ने सम्भावना बढी हुन्छ। 

स्वस्थ्य ब्रेकफास्ट के हो ?

शरीरमा शक्ति वा बलको लागि ब्राउन बे्रड, बिन्स र ओट्स खान सकिन्छ।

प्रोटिनको लागि टोस्टमा साग र अण्डा, मेवा र कम ग्रीक वाला दहिको प्रयोग गर्न सकिन्छ। केही हल्का फुल्का खानको लागि फलफूल, टोस्ट खान सकिन्छ। 

लण्डनका किंग्स कलेजका साइन्स डिर्पाटमेन्टका प्रमुख प्रोफेसर केविन वेलेनका अनुसार बिहानै धेरै क्यालोरी युक्त खाना खानु हुँदैन्। ब्रेकफास्टमा मकै, बिन्स, अण्डा वा दुधको प्रयोग गर्दा शरीरलाई चाहिने पोषक तत्व सँगै क्याल्सियम र फाइबर पाउन सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्