काठमाडौं- सिदार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पुर्याउन विभिन्न आकर्षक सुविधाहरुसहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ। ग्राहकहरुको माग बमोजिम नविनतम् वित्तीय सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउन उक्त योजना सञ्चालनमा ल्याएको हो।
योजना अनुसार बैंकको डेविट कार्ड प्रयोग गरी देशभरि रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्कन लाग्दैन। देशभरि रहेका ४५० भन्दाबढी साझेदार केन्द्रहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।
६.५ प्रतिशत वार्षिक आकर्षक ब्याजदर दिइने छ। देशभर रहेका १४६ शाखाहरुबाट उक्त सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४