काठमाडौं- सनराइज बैंक लिमिटेडले आफ्ना स्वास्थ्य योजनालाई भारतमा पनि लागू गर्ने भएको छ। ग्राहकहरूको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बिमा योजना सुविधा बैंकले भारतको प्रमुख १५ वटा अस्पतालहरूमा समावेश गरेको छ। समावेश गरिएको अस्पतालहरूको सूची सनराइज बैंंकको औपचारीक वेभसाइटमा हेर्न सकिने जनाइएको छ।
बैंकले दिदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा एक लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने जनाइएको छ।
बिगतका योजना अनुसार बर्षमा एक चोटी बिमा दावी गर्न सकिनेमा चैत १ देखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा तीन पटकसम्म बीमा दाबी गर्न सक्ने कम्पनीको भनाइ छ। बैंकका बचतकर्ताहरूले पाँच लाखसम्मको दुर्घटना बिमा र सयभन्दा बढी अस्पतालहरूमा २० प्रतिशतसम्म छुट दिदै आएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४