काठमाडौ- फोर्डले आफ्नो २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको छ। आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी नयाँ संस्करण बजारमा ल्याएको हो।
बजारमा उतारेको उक्त फोर्ड फिगोको शुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले कार नयाँ शक्तिशाली इन्जिन र १२ सयभन्दा बढी ठूलो साना परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जन गरिएको बताएको छ। कारलाई रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गरेको छ।
१.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनका साथ कार आफ्नो श्रेणीमा उत्कृष्ट र शक्तिशाली इन्जिनमा सुरक्षित प्रविधि रहेको कम्पनीको दावी छ। उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी, मनोरञ्जनका लागि कारमा सात इन्च टचस्क्रीन जडान गरिएको जनाइएको छ।
नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। कम्पनीको अनुसार फोर्ड फिगो नयाँ संस्करणमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४