काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा शाखामार्फत औपचारिक रुपमा जीवन बिमाको कारोबार शुरु गरेको छ। एक विशेष समारोहकाबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन्।
शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघिदेखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू दाङमा सञ्चालन हुदै आएको बताए। सबै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको जानकारी गराए।
त्यस्तै सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको पनि उद्घाटन गरिएको छ। सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष ढकालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासीहरुमा जीवन बिमाको पहुँच र भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। आइएमई ग्रुपका अध्यक्ष ढकालले समय अनुरुप सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिका लागि आफ्नो समूह सक्रिय रहेको बताए। उनले जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी राम्रो बिकल्प रहेका दावी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४