सोमबार, साउन १८, २०८३

सल्यानको श्रीनगरमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगरमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। जिल्ला र जिल्ला नजिकका स्थानियवासीलाई सेवा पुर्याउने उद्धेश्यले उक्त शाखा खोलिएको हो।

शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन्। उनले सो अवसरमा श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकासको लागि बैंकिङ सेवाको पहुँचको पुर्याउन सहयोगी हुने बताए।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीयहरुको उपस्थिति रहेको बताइएको छ। अध्यक्ष ढकालले कार्यक्रममा सल्यानको श्रीनगरमा शाखा विस्तारले स्थानीयको निक्षेप संकलन गरी व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने विश्वास दिलाए।

बैंकले १३४ वटा शाखा, १५ वटा राजस्व संकलन काउण्टर, १४२ एटिएम, नौं वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्