बिहीबार, असोज २९, २०८३

जटामसी छुटपुर्जीबाट साढे एक करोड अनियमितता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जटामसीको गैरकानूनी निकासीबाट जिल्ला वनकार्यालय, डोल्पाका कमर्चारीहरूले एक करोड ४८ लाख ७९ हजार ६८० रूपैयाँ आर्थिक अनियमितता गरेका छन्। तीन जना कर्मचारीहरुले गलत विवरण बुझाइ एक लाख ८५ हजार ९ सय ९६ किलो जटामसी जिल्लाबाहिर पठाउन उक्त रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको हो।

साविक जिल्ला  कार्यालय हाल डिभिजन  कार्यालय, डोल्पाका तत्कालीन  वन अधिकृत (उपसचिव) राम विचारी ठाकुर, फरेष्टरहरु रुद्रबहादुर बुढा र भीमबहादुर बुढाले उक्त अनियमितता गरेको आयोगको भनाइ छ। अयोगले उनीहरु बिरुद्ध विशेष अदालत काठमाडाैंमा सोमबार मुद्दा दायर गरेको हाे।

छोड्पुर्जी दिइ आफैं ती कर्मचारीहरूले मुचुल्काहरु र प्रतिवेदन तयार गरी गराई सरकारी सम्पत्तिको बदनियतसाथ हिनामिना हानि नोक्सानी गरेको अयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन्।

ती कर्मचारीहरुले स्थानीय जग्गा धनीहरु तथा जडीबुटीका ठेकेदारहरुसँग मिली मोटो रकम लिइ निजी जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकंलन गरिएको जटामसीको निकास गर्न अनुमति दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्