काठमाडौं- प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ मा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाटमा आइतबार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
बैंकको अनुसार संखुवासभाको शाखाकार्यालय खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा र गाईघाट शाखाको सभासद हिमाल कार्कीले उद्घाटन गरेका छन्।
सञ्चालित शाखा कार्यालयबाट स्थानीयतहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास गरिएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४