आइतबार, साउन १७, २०८३

एनआईसी एशिया क्यापिटलको सिइओमा रायमाझी नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुखकार्यकारी अधिकृत (सिइओ) पदमा रमेन्द्र रायमाझी नियुक्त भएका छन्। कम्पनीको ५५औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनलाई नियुक्त गरिएको हो।  

रायमाझीले विगत ११ वर्षभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन्। विगतको कार्य सम्पादन तथा कार्यअनुभवहरुबाट उनलाई सोे पदमा नियुक्त गरिएको बताइएको छ। सो जिम्मेवारीले कम्पनीको समग्र व्यवसाय बिस्तार हुनुका साथै कम्पनीले प्रदान गर्ने सेवा सुविधाहरु सहजता अाउने विश्वास गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्